BIRGUNJ

Girish Giri

Print List Price: NRS 425.00

KaKha Price: NRS 300.00 (29.41% Discount)

View Sample

A Brief Description

Publication Date: 2016-03-13

File Size: 759 KB

Print Length: 300 pages

Publisher: nepa~laya

ISBN: 9789937905886

Language: Nepali

Full Description

कमलादीस्थित प्रज्ञा भवनमा त्यस दिन साङ्गीतिक कार्यक्रम चलिरहेको थियो । प्रस्तोताहरूले पूर्वीय र पश्चिमेली पाश्चात्य धूनहरूबीच एक किसिमको प्रयोगात्मक 'फ्युजन' सुनाइरहेका थिए । 'त्रिकाल' समूहको त्यो प्रस्तुति काठमाडौंमा सङ्घर्षरत सङ्गीत व्यवसायी सचिता रौनियारको थियो । उनी वीरगन्जकै हुन् । मेरो बुबाको बाल्यकालदेखिकै साथी गिरिजाशङ्कर अङ्कलका छोरा । सचिताकै सक्रियतामा अघि बढेको 'त्रिकाल' का धूनहरू त्यो बेला नेपालभित्र र बाहिर पनि चर्चित थिए ।
केही पश्चिमा मुलुकका राजदूतहरूसमेत देखिएको हलमा मेरो छेवैको सिट प्राध्यापक अभि सुवेदीको थियो । कार्यक्रम सुरु भयो । सुरुमा सुस्त धूनहरू बज्दै गए । त्यसपछि विस्तारै तिनका गति तीव्र हुन थाले । एकपछि अर्को प्रस्तुतिमा सङ्गीतको मादकता थपिँदै थियो । राम्रो सङ्गीत र पारखी श्रोताले तयार पार्ने माहोलै बेग्लै हुन्छ । सबै मस्त देखिन्थे ।
त्यसैबीच अस्ट्रेलियाका आदिवासीले बजाउने 'डिजेरीडु' बोकेर मञ्चमा सलिल सुवेदी प्रकट भए । सलिललाई मञ्चमा देख्नेबित्तिकै उनका पिता अभि सरका आँखा चम्किला भए ।